नायक कि खलनायक ?

आफ्नो समयका नामुद खेलाडी थापा पछि यति भाग्यमानी ठहरएि कि नेपाली फुटबलको प्रमुख कार्यकारीमा उनलाई चुनौती दिने कोही भएनन् र आजको मितिसम्म पनि उनी निर्विरोध देखिँदै छन्। हुन पनि हो, ०४६ सालको राजनीतिक परविर्तनपछिका कुनै पनि निर्वाचित सरकारले आफ्नो कार्यकाल पूरा गरेका छैनन्। तर, एन्फा अध्यक्ष थापाको कार्यकाल दुई दशकको नजिक छ। लोकतन्त्रदेखि गणतन्त्रसम्म थापाको नेतृत्व धरमराएको देखिँदैन। एन्फाका एक अधिकारीका भनाइमा राजनीतिक शक्तिहरूसँग आफूअनुकूल सम्बन्ध विस्तार गर्न सक्ने क्षमताले नै थापा यति लामो अवधिसम्म टिकेका हुन्।

०५२ सालमा नेकपा एमालेको शासनकालमा एन्फाको नेतृत्व सम्हालेका थापा पछिल्लो समय एमाओवादीको प्रशंसा गरेर थाक्दैनन्। ०६२/६३ सालको राजनीतिक परविर्तनपछि माओवादीको अप्रत्याशित उभारलाई आकलन गरेरै होला, थापाले सार्वजनिक कार्यक्रमहरूमै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को खुलेरै प्रशंसा गर्दै आएका छन्। गत चैतमा कप्तान सागर थापालाई नेपाली फुटबलमा पुर्याएको योगदानका लागि पुरस्कार स्वरूप दिइएको अपार्टमेन्टको साँचो पनि प्रचण्डकै हातबाट दिलाइएको थियो। उक्त कार्यक्रममा प्रचण्डले पनि एन्फा अध्यक्ष थापाको खुलेरै तारपिm गरे। बुझ्न गाह्रो छैन, प्रचण्डले थापाका लागि खर्चेका ती शब्द एमाओवादी र एन्फा अध्यक्ष थापाबीच झाँगिँदै गएको प्रगाढताको संकेत थियो ।
एमाओवादी मात्रै होइन, अन्य राजनीतिक दलसँग पनि उनको सम्बन्ध सुमधुर छ। एमाओवादी अध्यक्ष प्रचण्डले तारपिmको पुल बाँधेको एक साता नबित्दै अर्को एक कार्यक्रममा नेकपा एमालेका वरष्िठ नेता केपी ओली र थापाबीच एकअर्काको प्रंशसा गर्ने होडबाजी नै चलेको थियो। राजनीतिक नेतृत्वसँगको यस्तो सम्बन्धले सरकार परविर्तनपिच्छे फेरनिे राष्ट्रिय खेलकुद परष्िाद्का सदस्य-सचिवसँग 'राम्रो' सम्बन्ध कायम गर्न पनि उनलाई सघाएको छ।

लामो समयसम्म एन्फा नेतृत्वमा रहेकाले पनि अन्तर्राष्ट्रिय फुटबलमा थापाको सम्बन्ध बाक्लै छ। एसियाली फुटबल महासंघ -एएफसी)का पूर्वअध्यक्ष बिन हमामसँग विशेष सम्बन्ध थियो थापाको। तिनै हमामले थापाका पुत्र गौरवको खातामा एक लाख डलर रकमान्तर गरेका थिए। तर, गत वर्ष फिफा चुनावको पूर्वसन्ध्यामा हमाम भ्रष्टाचार विवादमा तानिएपछि भने थापा फिफा अध्यक्ष जोसेफ ब्लाटरको नजिक हुन यथाशक्य प्रयास गररिहेका देखिन्छन्। त्यही प्रयास अन्तर्गत गत वर्ष हमामका चर्का विरोधी ब्लाटरलाई थापाले एएफसी च्याम्पिनसिपको उद्घाटनका लागि काठमाडौँ ओरालेका थिए। एकदिने बसाइमै ब्लाटरलाई राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म भेट्ने अवसर मिलेको थियो। उक्त भेटघाटका सम्पूर्ण चाँजोपाँजो थापाकै निर्देशन र अग्रसरतामा भएको थियो। त्यसअघि २२ पुस २०६७ मा थापा एएफसीका उपाध्यक्षसमेत चुनिएका थिए, जहाँ उनी लामो समयदेखि कार्यकारण्िाी सदस्य थिए। थापा दक्षिण एसियाली फुटबल महासंघका अध्यक्षसमेत रहिसकेका छन्।
न पूर्वाधार, न परिणाम
प्रश्न उठ्छ, थापाको उन्नति र प्रगतिका बीच नेपाली फुटबलले चाहिँ के प्रगति गर्यो ? नेपाली फुटबलका लागि कोसेढुंगा मानिएको एन्फा एकेडेमी उनकै पालामा सुरु भएको हो। र, यसलाई सकारात्मक उपलब्धि पनि मानिएको छ। तर पनि मुलुकको सम्पूर्ण फुटबल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै कैद छ। फुटबलले भोगिरहेको सबैभन्दा ठूलो समस्या भनेको पूर्वाधारकै कमी हो। थापामाथि विदेशबाट प्राप्त सहयोग र अनुदानलाई पारदर्शी ढंगले पूर्वाधार विकासमा खर्च नगरेको आरोप लाग्दै आएको छ। करबि दुई दशक लामो कार्यकालमा अर्को वैकल्पिक रंगशाला निर्माणतर्फ थापाको चासो देखिएको छैन। अभ्यास मैदान नहुँदा क्लबहरू टुँडिखेलजस्ता खुला चौरमा भर पर्न बाध्य छन्।

थापाका लागि विवादमा पर्नु नौलो कुरा होइन। उनका अपरपिक्वता र आवेगका घटना प्रशस्त छन्। जसका कारण उनी केही न केही विवादमा पररिहन्छन्। सञ्चारकर्मी र परष्िाद् कर्मचारीलाई दुव्र्यवहारदेखि प्रशिक्षक, खेलाडी र एन्फा पदाधिकारीहरूलाई समेत सार्वजनिक स्थलमै अविश्वसनीय र अभद्र व्यवहार गर्ने भनेर चिनिन्छन् थापा। कहिलेकाहीँ उनी एन्फा अध्यक्षभन्दा पनि टिमका व्यवस्थापक र प्रशिक्षकमा सीमित हुन पुग्छन्, कहिले उदण्ड दर्शकझैँ मैदानमै जथाभावी गालीगलौज गररिहेका भेटिन्छन्। तीन वर्षअघि ढाकामा सम्पन्न ११औँ साफमा नेपाल र मालदिभ्सबीचको खेलमा विवाद भएपछि थापा आफँै मैदानमा छिरेका थिए। त्यसो त खेलाडी हुँदासमेत थापाको छवि अनुशासित थिएन । सन् १९९३ को छैटौँ दक्षिण एसियाली खेलकुदको फुटबल टोलीमा नपरेपछि उनले प्रशिक्षक धनबहादुर बस्नेतलाई हातपात नै गरेका थिए । संयोग नै भनौँ, थापाकै अनुपस्थितिमा भएको प्रतियोगितामा नेपालले स्वर्ण पदक जितेको थियो ।

एन्फालाई आउने विदेशी सहयोग तथा अनुदान पनि थापाकै खटनपटनमा खर्च हुने गरेको छ। एन्फाले वाषिर्क रूपमा वित्तीय सहयोग कार्यक्रम -एफएपी)बाट वाषिर्क २ लाख ५० हजार अमेरकिी डलर पाउँछ। त्यसै गरी एएफसीले मासिक १५ हजार डलर दिन्छ। कतार र जापानका फुटबल संघले पनि नियमित सहयोग गर्छन्। त्यसबाहेक कोक, रेडबुल, वाईवाई र एनसेलको प्रायोजन रहँदै आएको छ। एन्फाको आर्थिक स्रोतको परचिालन पनि थापाको नितान्त व्यक्तिगत निर्णयमा भर पर्ने गरेको छ।

खेलकुदमा गरएिको लगानी र मिहिनेतको परण्िााम भनेको नतिजा नै हो, जुन नेपाली फुटबलको हकमा पनि लागू हुन्छ। तर, सन् १९९३ मा ढाकामा सम्पन्न छैटौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेयता उमेर समूहका केही सकारात्मक नतिजालाई छाड्ने हो भने नेपाली राष्ट्रिय टिमले कुनै पनि प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सकेको छैन। दक्षिण एसियाली खेलकुदमा त्यसयताको सबैभन्दा राम्रो नतिजा भनेको सन् १९९७ मा काठमाडौँमा आयोजित आठौँ संस्करणमा हासिल गरेको दोस्रो स्थान नै हो।
एसियाली स्तरका प्रतियोगिताको नतिजा केलाउने हो भने अवस्था झन् टीठलाग्दो छ। सन् २००३ मा एसिया कपको छनोट चरण अन्तर्गतको खेलमा नेपालले आयोजक दक्षिण कोरयिाँसँग १६ गोल खाएर नमीठो पराजय बेहोरेको थियो। त्यसअघि १९९४ को हिरोसिमा एसियाली खेलकुद छनोट चरणमा पनि कोरयिाले नेपाललाई ११-० को नमीठो हार चखाएको थियो। दक्षिण एसियाली घेराबाहिरका प्रतियोगितामा नेपालले हासिल गरेको उच्च उपलब्धि भनेको २००६ मा बंगलादेशमा आयोजित एफसी च्यालेन्ज कपको पहिलो संस्करणमा हो। उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो। यसबाहेक विश्वकप छनोट चरणका नतिजाहरू पनि बिर्सनलायक नै छन्। सन् १९९४ यता नेपालले खेलेका विश्वकप छनोट चरणका १८ खेलमध्ये १३ वटामा हार बेहोरेको छ, एउटामा बराबरी गरेको छ भने चारवटा खेल जितेको छ। नेपालले मकाओ र इस्ट टिमोरलाई पराजित गरेको थियो।
अन्योलको अवस्था
मच्छिन्द्र क्लबले रोहित चन्दलाई मासिक डेढ लाख रुपियाँमा अनुबन्धन गरेको खबरले नेपाली फुटबल क्षेत्रलाई तरंगित त पारेको छ तर राष्ट्रिय टिमले दुई दशकदेखि कुनै उपाधि जित्न सकेको छैन। नेपालले उमेर समूहका प्रतियोगितामा मात्र राम्रो खेलिरहेको छ। संसारभर 'यू-१६' प्रतियोगितालाई उपाधिका लागि भन्दा पनि क्षमता अभिवृद्धिका लागि महत्त्वपूर्ण मानिन्छ। तर, नेपालमा भने उमेर

आन्तरकि फुटबलमा क्लबहरूको खस्कँदो अवस्था त समस्याको पहाडकै रूपमा देखा पर्दै छ। पुराना क्लबसमेत आर्थिक रूपमा धराशयी हुने अवस्थामा पुगेका छन्। करबि आठ दशक लामो इतिहास बोकेको न्युरोड टिम -एनआरटी)ले आर्थिक संकटकै कारण आगामी मंसिर/पुसबाट सुरु हुने 'ए' डिभिजन लिग नखेल्ने निर्णय गरसिकेको छ। अरू क्लबले पनि एन्फा नेतृत्वले क्लबको विकासमा पटक्कै ध्यान नदिएको गुनासो गररिहेका छन्। अर्को प्रमुख समस्या भनेको एन्फासँग खेलाडीको तथ्यांक नै छैन। कुन खेलाडीले कस्तो स्तरको प्रतियोगिता खेलिरहेको छ भन्ने तथ्यांक एन्फासँग छैन। यसले के देखाउँछ भने फुटबलको वर्तमान अन्योलपूर्ण छ।

एन्फा प्रस्ट रणनीति र योजनाका साथ अघि नबढ्ने हो भने नेपाली फुटबलका आधारस्तम्भ मानिने क्लबहरू थप जर्जर बन्दै जाने र नेपाली फुटबलले उपाधिको खडेरी बेहोररिहने प्रशिक्षक विराटकृष्ण श्रेष्ठको दाबी छ। हुन पनि क्लबहरूको अवस्था र नेपाली राष्ट्रिय टोलीले हासिल गर्ने उपलब्धिले नै एन्फा र त्यसका अध्यक्ष थापाको वास्तविक मूल्यांकन गर्नेछन्। थापा नेपाली फुटबल इतिहासमा नायकका रूपमा दर्ज हुन चाहन्छन् कि खलनायक, त्यो त उनको आगामी दिनका कार्यक्रम र क्रियाकलापले नै प्रस्ट पार्नेछन्।
'गणेश थापा विशेष मान्छे हो’
- गणेश थापा, अध्यक्ष, अखिल नेपाल फुटबल संघ

नेपालले उपाधि नजितेको मात्र हो तर टिम कमजोर छैन। एकपटकमा सबै टिमलाई हराउन नसकेको मात्र हो। भर्खरै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शन केलाउने हो भने पनि इतिहासमा पहिलोपटक भारतको राष्ट्रिय टिमलाई ९० मिनेटभित्र हराउन सक्यौँ। उपाधि जित्न नसक्नुका पछाडि म हाम्रो टिमको दुर्भाग्यलाई मात्र कारक ठान्छु। यसलाई कतिले नमान्लान्। तर, हामी कमजोर भएको भए यस्तो प्रदर्शन हुँदैनथ्यो।
उपाधि मात्रै होइन, घरेलु फुटबलमै पनि आर्थिक अभावले आठ दशक पुरानो इतिहास भएका क्लबसमेत लिग खेल्न नसक्ने अवस्थामा पुगेका छन्, होइन र ?
यदि क्लबहरू खेल्न नसक्ने अवस्थामा छन् भने छोडिदिनुपर्छ। अरूलाई बाटो दिनुपर्छ। जहाँसम्म एनआरटी क्लबको कुरा छ, उहाँहरूले नसकेर होइन। त्यो त असक्षम नेतृत्वका कारणले भएको हो।
एन्फा अध्यक्षले खेलाडीको पारिश्रमिक एक लाख हुनुपर्छ भन्दै क्लबमाथि अनावश्यक दबाब दिएको भन्ने पनि छ नि ?
हामीले पनि त पहिलो हुने टिमलाई ७५ लाख रुपियाँ पुरस्कार राखेका छौँ नि। प्रगतिको बाटोमा हिँड्दा यस्ता समस्या आउँछन्। यस्तो अवस्थामा टिकाउन सक्नु नै नेतृत्वको खुबी हो। कसैलाई दोष लगाएर मात्र हुँदैन।
आफूअनुकूल वातावरण बनाउन तपाइर्ंले एन्फाको टिममा ँएस म्यान’ मात्र राख्ने गरेको भन्ने पनि त छ ?
प्रशासनिक सुधारको खाँचो हामीले पनि महसुस गरेका छौँ। एन्फाका पदाधिकारी भनेका क्लबकै प्रतिनिधि हुन्। एन्फामा बसेका कारणले उहाँहरूलाई क्लब सञ्चालनमा ऊर्जा मिलेको छ। एन्फा र क्लबको समन्वयकै कारण यहाँसम्म आइपुगिएको हो। प्रशासनिक सुधारका लागि आउने चार वर्षमा केही व्यावसायिक व्यक्तिलाई ल्याउँदै छौँ।
अध्यक्षका निर्णयमाथि टिप्पणी गर्ने र आलोचना गर्ने हैसियत त कसैमा देखिँदैन । किन होला ?
मैले के गलत काम गरेको छु र टिप्पणी गर्ने ? कमीकमजोरी हुँदैन भन्ने त होइन। तर, जेजस्ता निर्णय भएका छन्, फुटबलकै हितमा भएका छन्। राम्रो सुझाव त एन्फाभित्रकाले मात्र होइन, बाहिरकाले पनि दिन सक्छन्। आरोपका लागि मात्र आरोप लगाउनु भएन।
तपाईंमा अपरिपक्वता पनि त देखिन्छ । जस्तो, फिफा अध्यक्षको चुनावमा बिन हमामलाई भोट दिन्छु भनेर एयरपोर्टमै घोषणा गरिदिनुभयो, होइन ?
त्यस बेलासम्म हमाम विवादमा आउनुभएको थिएन। हरेक कुरामा पारदर्शी हुनुपर्छ भनेर भनेको हँु। मैले त्यो कुरा कार्यसमितिमै भनेको थिएँ। त्यसअघि पनि भोट दिन जान्थेँ तर त्यो गोप्य हुन्थ्यो। नेपालको नेतृत्व अन्तर्राष्ट्रिय क्षेत्रमा सफल मानिएको इमानदार भएकै कारणले हो। एसियाबाटै अध्यक्षको उम्मेदवार भएपछि त हामीले भोट दिनु स्वाभाविकै हो।
एन्फा अध्यक्ष भएर पनि प्रशिक्षक र व्यवस्थापकको क्षेत्राधिकारभित्र पनि त प्रवेश गर्नुहुन्छ कहिलेकाहीँ ?
त्यसलाई अर्को तरकिाबाट हेर्नुपर्छ। कुनै चिकित्सकले पत्थरीको उपचार गर्नुपर्नेमा एपेन्डिसाइटिसको अप्रेसन गर्छ भने सल्लाह दिने कि नदिने ? मैले गरेको त्यही हो।
तपाईं मैदानमै ओर्लिनुहुन्छ, खेलाडीलाई अनावश्यक दबाब दिनुहुन्छ । पदीय मर्यादा हुँदैन र ?
त्यो मेरो 'प्यासन' हो। कतिपय अवस्थामा त्यसलाई म आफँै पनि ठीक ठान्दिनँ। देश र टिमका लागि आफूलाई रोक्न नसकेको मात्र हुँ। त्यसलाई गलत हो भनेर मान्छु, पदका हिसाबले। प्रत्येक मानिसका कमीकमजोरी हुन्छन्। मेरो पनि छैन भन्ने होइन। यसलाई ठीक भन्नूस् या बेठीक, म आफूलाई रोक्न सक्दिनँ। अर्को कुरा, हारजितसँग मलाई मतलब छैन। मैदानमा छिरेपछि खेलाडीले शतप्रतिशत दिनुपर्छ, त्यसो नगर्नु राष्ट्रप्रति धोका हो।
एन्फा एकेडेमीलाई आएको सहयोग सदुपयोग नभएको अनि मापदण्ड र स्तरबारे पनि व्यापक गुनासो छ नि ?
एन्फा एकेडेमीको निर्माण फिफा र एएफसीबाट सहयोग पाउनुअघि नै सुरु भएको हो। फिफा कंग्रेसमा नेपालले बनाएको पूर्वाधारमा आधारति १५ मिनेटको प्रस्तुति भयो। त्यस्तो मौका कसले पाउँछ ? हामी पनि समीक्षा गर्दै छौँ, पूर्वाधार विकासका सम्बन्धमा। अहिले सातदोबाटोमा कृत्रिम टर्फ बन्दै छ, त्यसका बारेमा कसैले लेख्दैन। बाह्रै महिना खेल्न र प्रशिक्षण लिन मिल्ने गरी फिफाको पाँच करोडको सहयोगमा टर्फ बन्दै छ।
अर्को कुरा, आज राष्ट्रिय टोलीमा एन्फा एकेडेमीबाहेकका खेलाडी मुस्किलले भेटिन्छन्। एकेडेमी नभएको भए रोहित चन्द र विमल घर्तीमगरहरूले कसरी मौका पाउँथे ? खालि नकारात्मक कुरा मात्र हुन्छन्। एकेडेमी नभएको भए नेपालको फुटबल कहाँ पुग्थ्यो ? हाम्रो टिमलाई हामी नै कमजोर भनिरहेका छौँ। हामीले नै जबरजस्ती कमजोर बनाइरहेका छौँ। नेपाली मिडियाले जबरजस्ती कमजोर बनाइरहेका छन्। कुन बेला नेपाल हार्ला र झल्लु भनुँला भनेर कुरेर बस्ने धेरै छन्।
अझ कति वर्ष अध्यक्ष बन्ने धोको छ तपाईंको ?
मैले घोषणा गरसिकेको छु, अब मेरो अन्तिमपटक भनेर। यसपटकका लागि पनि मैले साथीभाइलाई सोधेको हुँ, कोही तयार हुनुहुन्छ भने नेतृत्व लिनूस् भनेर।
नयाँ नेतृत्वको विकास किन हुन नसकेको ?
नेतृत्व विकास भइरहेको छ। कोही मान्छे विशेष हुन्छन्। गणेश थापा नै खोजेेर हुन्छ त ? गणेश थापाको लेभलमा खोजेर कहाँ पाइन्छ ? गणेश थापा खेलाडी पनि विशेष थिए, अध्यक्ष पनि विशेष हुन् भनेर लेख्न किन कञ्जुस्याइँ गर्छ नेपाली मिडिया ? बिहान उठेदेखि राती सुत्ने बेलासम्म फुटबलका बारेमा सोच्ने गणेश थापाजस्ता व्यक्ति अरू कहाँ पाउनुहुन्छ ?
सत्ता र राजनीतिक शक्तिसँग समन्वय गर्ने तपाईंको चातुर्यलाई सबैले मानेकै छन् । कहाँबाट सिक्नुभयो यस्तो कला ?
त्यसलाई गलत ढंगले प्रस्तुत गर्नु भएन। कामका हिसाबले हो। मैले किन चातुर्य देखाउने ? मेरो मूल्यांकन गर्ने हो भने कामका आधारमा गर्नु भनेर भन्ने गरेको छु।
राजनीतिक दल र प्रणालीसँग मोलाहिजा गर्नुभएको छ कि छैन त टिकिरहन ?
त्यसरी टिकिरहन सम्भव छैन। कामले टिक्ने हो। मलाई सबैले हटाउन खोजेकै हुन्। तर, खेलाडी र जिल्लाले मानेकाले मात्र म अध्यक्ष छु। राजनीतिक सम्बन्ध र समन्वयले मात्र हुँदैन। जुनसुकै राजनीतिक व्यक्तिले सकभर आफैँले नेतृत्व लिन खोज्छ। हो, केहीले कामलाई देखेर मलाई माया गर्नुहुन्छ। तर, सन्तुलन मिलाएर टिक्न सकिन्छ जस्तो लाग्दैन।
तपाईं आफूलाई नेपाली फुटबलको नायक भन्नुहुन्छ कि खलनायक ?
मेरो बारेमा मूल्यांकन गर्ने जनताले हो। आफँैले व्यक्तिगत मूल्यांकन गर्दा अहिलेसम्म जति पनि काम गरेको छु, फुटबललाई हित हुने नै गरेकै छु। उपाधि जित्न नसकेकामा चाहिँ दुःखी छु। पछुताउनुपर्ने काम अहिलेसम्म गरेको छैन।
No comments:
Post a Comment